दाङमा एक ब्यक्तिले एक्लै फुटबल मैदान निर्माण गरे
प्रकाशित मिति : २०७६, २ असार सोमबार ११:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
झुपु बुढा क्षेत्री(हापुरे-दाङ )। दाङमा एक ब्यक्तिले एक्लै फुटबल मैदान निर्माण गरेका छन् । बबई गाउँपालिका वडा नं ७ कालितारामा स्थानीय टिकाराज वलीले व्यक्तिगत खर्चमा ल फुटबल मैदान निर्माण गरेका हुन् । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका स्थानीय नेता हुन् । फुटबल मैदान निर्माण गर्दा झन्डै डेढ लाख खर्च भएको छ।
Advertisement
पेशाले निर्माण व्यवसायीसमेत रहेका वलीले सरकारले स्थानीय युवाहरुमा उत्साह जगाउने गरी खेलकुदको विकासमा कुनै चासो नदिएपछि आफूले व्यक्तिगत लगानीमा खेल मैदान निर्माण गरिदिएको तर्क गरे । कालितारामा रहेको फुटवल मैदान बर्षातमा नदीको बालुवा, ढुङ्गाले पुरेको हुँदा त्यो हटाइएको, अग्लो होचो भागमा माटो फिलिङ गरिएको तथा केही व्यक्तिको जग्गा किनेर मैदान विस्तार गरिएको तरुण नेता वलीले बताए ।
‘खोला किनारमा खेल मैदान हुँदा बर्षातको बाढीले सधै त्यो विगार्ने गर्दथ्यो,’ वलीले भने ‘यसपालि केहीको जग्गासमेत खरिद गरेर खेल मैदान विस्तार गर्ने काम भएको छ । आशा छ अब भविष्यमा खेल मैदानमा बाढी पस्न पाउने छैन ।’ खेल मैदान निर्माणपछि स्थानीय युवाहरु उत्साहित भएको तथा त्यहाँ फेरि युवाहरुले खेल्न थालेपछि आफूहरुलाई पनि सन्तुष्टि मिलेको वलीले बताए ।