सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालका ११ जना चिकित्सकहरु एकै पटक बिदामा बसे
प्रकाशित मिति : २०७६, २ असार सोमबार १२:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डडेल्धुरा। सुरक्षा नभएको भन्दै एकै पटक डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सकहरु बिदा लिएर बसेका छन् ।
Advertisement
उपचारका क्रममा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सक आइतबारदेखि विदा बसेका हुन्।
डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा विदा बसेका छन्। उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कडेँललाई आफूहरू विदा बसेको सूचना विज्ञप्तिमार्फत् दिएका छन्।
अमरगढी नगरपालिका ६ की २५ वर्षीया गीता ताम्राकारको शनिबार शल्यक्रियाको क्रममा मृत्यु भएपछि स्थानीयहरूले नाराबाजी र प्रदर्शन गरेका थिए।
‘अस्पतालजस्तो संवेदनशील ठाउँमा होहल्ला गरी अराजकता नित्याउनेलाई कानुनी दायरामा नल्याएसम्म काममा फर्कन नसक्ने भएकोले सामूहिक विदा बसेका छौं।’ चिकित्सकहरुले बताएका छन्।
दुई साता अघि शल्यक्रिया गरेर बच्चा जन्माएकी ताम्राकार रक्तश्राप नरोकिए पछि पुन: शनिबार अस्पताल आएकी थिइन्।
चिकित्सकको लापरवाहीका कारणले उनको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा र सडकमा प्रदर्शन गरेका थिए।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डाक्टरहरुलाई सुरक्षाको ग्यारेन्टी दिने बताउँदा बताउँदै उनिहरुले विज्ञप्ति जारी गरेको बताए।
‘सुत्केरीको मृत्युपछि परिस्थिति असहज बन्यो नियन्त्रणमा लिइसकिएको छ,’ उनले भने, ‘म अस्पतालमै गएर डाक्टर र कर्मचारीलाई राखेर सुरक्षाको ग्यारेन्टी जिल्ला प्रशासन र गृह मन्त्रालयले दिन्छ भनेको थिएँ।’
उनले घटना दुखद भएको बताउँदै पीडित पक्षलाई राहतका लागि सिफारिस पनि गरेको बताए।
पीडित पक्षले शवको परीक्षण बाहिर जिल्लाका डाक्टरले गर्नुपर्ने माग राखेपछि बैतडीका डाक्टरले पोस्टमार्टम गरिसकेका छन् ।पीडितहरुले छानबिन समिति पनि गठन गर्न माग गरेका थिए।
घटनापछि सरकारी चिकित्सक संघ (गोदान)ले विज्ञप्ति निकालेर मानसिक तनाव र असुरक्षाले चिकित्सक स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको उल्लेख गरेको छ।
चिकित्सकलाई दुर्व्यवहार र हातपात गर्नेलाई कारबाही गर्नुको साटो अस्पताल सञ्चालन गर्न दबाब दिनु स्थानीय प्रशासनको निकम्मापन भएको गोदानका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘सुरक्षाको ग्यारेन्टी नभएसम्म चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौं,’ डाक्टर पाण्डेले भनेका छन्। एकैपटक ११ जना चिकित्सक बिदामा बस्दा बिरामीहरुलाइ ठुलो समस्या परेको छ।