नेपालगन्जका वडाहरु योजना बनाउन ब्यस्त
प्रकाशित मिति : २०७६, २ असार सोमबार १४:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन्। नेपालगञ्जको वडा नम्बर १३ ले शनिबार नै वडा भेला सम्पन्न गरिसकेको छ ।
Advertisement
त्यस्तै असार ४ गते वडा नम्बर १२ मा वडा भेला हुँदैछ। वडा नम्बर १२ ले भौतिक पूर्बाधार बिकास, सामाजिक सुरक्षा , कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत बिकास जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ। त्यस्तै लक्षित बर्ग, बालमैत्री , प्रबद्र्धनात्मक कार्यक्रमलाई समेत समाबेश गरेको अध्यक्ष बुद्धि सागर सुबेदीले बताउनुभयो।
गत बर्ष १ करोड ४ लाख ७३ हजार बजेट रहेकोमा यस बर्षको प्रि बजेट सिलिङमा १ करोड ११ लाख गराएको तर अझ बढ्ने अनुमान गरेको अध्यक्ष सुबेदीले जानकारी दिनुभयो। वडा नम्बर १२ ले गत आर्थिक बर्षमा बिकास निर्माणमा अब्बल काॠ समेत गरेको छ।वडा भेला अन्तर्गत् नेपालगञ्जको ४ नम्बरमा पनि असार ७ गते वडा भेला हुँदैछ।
वडा नम्बर ४ चालू आर्थिक बर्षमा धेरै छिटो बिकास निर्माण कार्य गरेको वडामा पर्र्दछ। आउने आर्थिक बर्षमा ४ नम्बरमा पूर्बाधार बिकास , सामाजिक सुरक्षा , लक्षित बर्गका कार्यक्रम, बाल क्लब कार्यक्रम , कार्यालय सञ्चालन, मिडियाका कार्यक्रम ल्याउने अध्यक्ष मोहम्मद सफिक बेहनाले बताउनुभयो। गत बर्ष १ करोड माथि रहेको बजेट अबको आर्थिक बर्षमा त्यो भन्दा धेरै बढ्ने अनुमान गरिएको अध्यक्ष बेहनाले बताउनुभयो।
त्यस्तै वडा नम्बर १३ को वडा भेला सकिएको छ। १३ नम्बर वडाले विकास निर्माणलाई जोड दिएर योजना बनाएको छ। योजनामा सामाजिक सुरक्षा, स्वास्थ्य, लक्षित बर्ग, बाल क्लब, कार्यालय सञ्चालन, आर्थिक बिकास लागायतका योजना रहेको अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताउनुभयो। अबको आर्थिक बर्षमा १ करोड २० लाखसम्म बजेट पुग्ने अनुमान गरिएको अध्यक्ष शाहले बताउनुभयो।