बाँकेमा गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु हुँदै
प्रकाशित मिति : २०७६, ३ असार मंगलवार १४:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत प्रदेश नं ५ मा बाँके जिल्लामा मात्र लागु हुने भएको छ। भुमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको सहयोग एवम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा उक्त कार्यक्रम सन्चालन हुने भएको हो ।
कार्यक्रम चालु आर्थिक वर्षमा ७ वटै प्रदेशका १२ जिल्लामा सञ्चालन गर्ने तयारीमा रहको सो कार्यक्रम प्रदेश नं ५ मा भने बाँके जिल्लामा मात्र लागु हुने भएको छ । करिव पाँच महिनाको अवधी हुने सो कार्यक्रममा बाँकेका सबै घरधुरीमा गणक तथा सर्वेक्षक पुग्ने भएका छन् ।
गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यका लागि बाँकेका सबै स्थानीय तहमा गणक ८० जना र १२ जना सुपरिवेक्षक छनौट गरी उनीहरुलाई असारको २५ गतेदेखि नै कार्यक्षेत्रमा खटाईने गरी तयारी गरिएको छ।‘गणक र सुपरिवेक्षकले ५ दिनको सैद्धान्तिक तथा प्रयोगात्मक तालिम लिएर जिल्लाका सबै वडा–वडामा जाने तयारी भएको छ’।
Advertisement
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबले गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम सञ्चालनको बारेमा जानकारी दिन सबै स्थानिय तहका प्रमुख,उप–प्रमुख र प्रशाशकिय अधिकृतलाई बोलाईएको भए पनि दुई वटाबाट मात्र प्रतिनिधित्व भएको बताए । ‘सबै स्थानीय तहबाट सहभागिता हुनको लागि खबर गरिएको भएपनि राप्ती सोनारी र डुडुवा गाउपालिकाबाट मात्र प्रतिनिधित्व भएको छ । अन्य स्थानीय तहको प्राथामिकतामा यो कार्यक्रम नपरेको जस्तो उहाँहरुको अनुपस्थितिले जनाए पनि जिल्ला समन्वयको तर्फबाट जानकारी गराउने र कार्यक्रम लागू गर्ने छौ’– उनले भने ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहदुर घर्तीले सहजिकरण गरेको सो अन्तर्कृया कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीबास्तब ,सह-संयोजक ज्ञानेन्द्र चौधरी, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, डुडुवा गाउँपालिकाकि उपप्रमुख साहिदा बानौ लगायतको उपथिति रहेको थियो ।