सर्लाहीमा प्रहरी र बिप्लब कार्यकर्ता बिच भिडन्त, जिल्ला इन्चार्ज मारिए
प्रकाशित मिति : २०७६, ५ असार बिहीबार १६:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लालबन्दी।सर्लाहीको लालबन्दीमा प्रहरी र बिप्लब कार्यकर्ता बिच दोहोरो भिडन्तमा समुहका जिल्ला इन्चार्ज मारिएका छन् ।विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिएका छन् ।
Advertisement
पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा आज प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो।
दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको प्रहरीले बताएको छ।
‘विप्लव कार्यकर्ताको पछि लागेको प्रहरीमाथि गोली प्रहार भएपछि दोहोरो भिडन्त भएको हो,’ भने, ‘दुइटा मोटरसाइकलमा रहेका उनीहरूले गोली फायर गर्दै जंगल पस्ने क्रममा दोहोरो भिडन्त भएको’ प्रहरीले बताएको छ ।
चार जनामध्ये पौडेलको घटनास्थलमै मृत्यु भएको हो। गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको छ भने अन्य तीन जना फरार भएका छन् ।