क्रान्तिबाटै हत्याको बदला लिने विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित)
प्रकाशित मिति : २०७६, ६ असार शुक्रबार ०९:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सर्लाही- नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ।
Advertisement
विहीबार सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल हत्याको विषयलाई लिएर विज्ञप्ति जारी गर्दै क्रान्तिबाटै हत्याको बदला लिने चेतावनी दिएको हो। साथै यस घटनाले पार्टीलाई ठूलो क्षति पुगेको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट व्यक्त गरिएको छ ।
पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना कार्यकर्ताको सर्लाहीको लालबन्दी-१ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरिएको जनाइएको छ ।
विज्ञप्तिमा लेखिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भ्रर्त्सना गर्दछ र सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
बिहीबार दिउँसो प्रहरीसँग गोली हानाहान भएको र दोहोरो झडपमा पौडेलले मृत्यु भएकाे प्रहरीको दाबी छ ।