रेशम चौधरीको खुट्टामा लगाइएको नेल प्रती पुर्ब प्रधानमन्त्री भट्टराईको आपत्ति
प्रकाशित मिति : २०७६, ७ असार शनिबार ०९:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । रेशम चौधरीलाई खुट्टामा लगाइएको नेल प्रती पुर्ब प्रधानमन्त्रीले आपत्ति जनाएका छन् ।टीकापुर हत्याकाण्ड गराएको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् ।
Advertisement
मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन् ।टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
भट्टराईले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज मृत्युप्रकरणबारे चासो व्यक्त गरेका छन् ।सरकारले दोहोरो भिडन्तका क्रममा विप्लवका सिरहा इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताउँदै आएको छ । तर विप्लव माओवादीले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको भन्दै यसबारे स्वतन्त्र छानबिन गर्न भट्टराईले माग गरेका छन् ।