नेपालगञ्जको वडा नं २२ मा वडा भेला सकियो, बिकास सगै शिक्षालाई पनि प्राथमिकता
प्रकाशित मिति : २०७६, ७ असार शनिबार १४:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन्। नेपालगञ्जको वडा नम्बर २२ शनिबार बिहान वडा भेला सम्पन्न गरेको छ । वडा नं २२ का अध्यक्ष बिद्याराम बर्माको अध्यक्षता र नेपाली काङ्ग्रेस बाँकेका नेता राजकुमार बर्माको प्रमुख आथित्यमा सम्पन्न भएको तेस्रो योजना तर्जुमा वडा भेला सम्पन्न भएको हो।
Advertisement
वडा भेलामा बोल्दै अध्यक्ष बर्माले २२ नम्बरमा भौतिक पूर्बाधार बिकास, सामाजिक सुरक्षा , कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत बिकास जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो। त्यस्तै शिक्षा क्षत्र र स्वास्थ्य तर्फ भने धेरै प्राथमिकता दिएको अध्यक्ष बताउनु भयो।उहाँका अनुसार लक्षित बर्ग, बालमैत्री , प्रबद्र्धनात्मक कार्यक्रमलाई समेत समाबेश गरिएको छ।
गत बर्ष ८८ लाख रहेको बजेट रहेकोमा यस बर्षको प्रि बजेट सिलिङमा १ करोड नाघ्ने भएको कुरा अध्यक्षले जानकारी दिनुभयो।
वडा भेलामा बजेट प्रस्तुत वडा सचिब रन्जन श्रेष्ठले गरेका थिए भने कार्यक्रममा वडा सदस्य राजिया बेगम शेख, वडा सदस्य मररी कुर्मी , वडा सुरसता धोबी,नेपाली काङ्ग्रेस बाँकेका नेता राजकुमार बर्मा, नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगरका उप- सभापति धनराज बर्मा, नेबिसंघ बाँकेका उपाध्यक्ष आशिष बर्मा , खगेश्वोरी रावत, प्रमेश्वोरी पाठक लगायतले बजेट सम्बन्धमा आ- आफ्नो धारणा राखेको कार्यक्रमको स्वागत मन्तब्य वडाकै कर्मचारी ओमप्रकाश शाहले दिनु भएको थियो।