नेपालगञ्ज उपमहानगरमा धमाधम वडा भेला हुँदै, १० नं मा सकियो
प्रकाशित मिति : २०७६, ८ असार आईतवार १९:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगन्ज उप–महानगरपालिकामा यतिबेला धमाधम वडा भेला सम्पन्न हुँदैछन् । उप–महानगरका सबै जसो वडाहरुमा भइरहेका भेलामा बजेटको आधारमा हुने विकास निर्माण, योजना र बजेटमा छलफल हुँदैछ ।
वडा न १० को वडा कार्यालयले आइतबार आर्थिक वर्ष ०७६, ०७७ का लागि योजना प्रस्ताव तथा वडा भेला सम्पन्न गरेको छ । भेलामा एक करोड २६ लाख वजेट छुटयाइएको छ । वडा भेलालाई सम्वोधन गर्दै अध्यक्ष वस्नेतले भौतिक पुर्वाधार विकासमा जनताको प्रत्यक्ष सहभागिता विना वजेटले मात्र विकास सम्भव नहुने कताउनु भयो । सुझाव र आएका योजनालाई प्राथामिकीकरण गरि लागु गरिने वडा अध्यक्ष विन्दु भुषण वस्नेतले जानकारी दिनु भयो । पुर्व सांसद मैकुलाल बाल्मीकीले छुटयाइएको योजना र वजेट कार्यान्वयनमा स्थानीयको साथ हुनुपर्नेमा जोड दिनु भयो । भेलामा अधिकांसले सडक, नाली, वत्ति जडान लगायतका समस्या प्रस्तुत गरेको वडा सचिव धनबहादुर थापाले जानकारी दिनु भयो । वडा सदस्य वसन्ता जोशीले सञ्चालन गर्नु भएको कार्यक्रममा सरोज शाह, श्याम केसी, सरला विष्ट, अछरी पोख्रल लगायतले समस्या र माग सहित सुझाव पनि राखेका थिए ।
यस्तै सोही दिन वडा नं. ६ मा पनि वडा भेला सम्पन्न गरिएको छ । वडा नं ६ का अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षता तथा वडाबासीहरुको सहभागितामा सम्पन्न भयो । भेलामा गत आर्थिक बर्षमा ८४ लाख ४० हजारको बजेट प्रतिवेदन वडा सचिव राजकुमार कार्कीले प्रस्तुत गर्नु भएको थियो । भौतिक पूर्बाधार विकास, सामाजिक सुरक्षा, कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत विकास जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउंदै अध्यक्ष सिंहले लक्षित बर्ग, बालमैत्री, जेष्ठ नागरिक कार्यक्रमलाई समेत योजनामा समाबेश गरिएको जनाउनु भयो ।
Advertisement