डुडुवा गाउँपालिकामा भएको घटना प्रती बाँके काङ्रेसको ध्यानाकर्षण " कार्यकर्तालाई फसाउन खोजिएकोमा आपत्ति "
" कार्यकर्तालाई फसाउन खोजिएकोमा आपत्ति "
प्रकाशित मिति : २०७६, १५ असार आईतवार ०८:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिकामा असार १२ गते रातीको घटनामा एकपक्षिय, राजनीतिक पूर्वाग्रह राखी व्यवहार गरिएको भन्दै नेपाली काँगे्रस बाँकले ध्यानाकर्षण भएको जनाएको छ । दोषीलाई दोषमुक्त देखाउन तथा खास पीडितलाई जवर्जस्ती मुद्धामा फसाउन खोजिएको भन्दै नेपाली काँगे्रसले सत्यमा रहेर अनुसन्धान गर्न माग गरेको हो ।
काँगे्रस बाँके सभापति किरण कोइरारालद्धारा जारी विज्ञप्तीमा सो दिन स्वयं मदिराले लठ्ठीरहेका वडा न ४ का वडा अध्यक्ष सगीर खाँको नेतृतवले वडा न ५ सिधनियास्थित राम कुमार यादवको घरमा हातहतियारसहित करिव ४० जनाको समूहमा ढुंगामुढा गर्नुका साथै शारिरिक आक्रमण गरेको दावी गरिएको छ ।
खाँको नेतृत्वको समूहले आक्रमण गर्दा राम कुमार यादवको आँखामा, नीजकी श्रीमती मक्खनीया यादवको घुडामा, छोरा दिनेश यादवको मुखमा गहिरो चोट लागेको, ना२८प–०२४९मोटरसाइकल, भे६प ९८३२ न स्कुटी, भ१त ७७८६ को सोनाली ट्रयाक्टरमा तोडफेड गरि घरको ढोका, पर्खालमा समेत क्षती पु¥याइएको बताइएको छ ।
खाँ कै नेतृत्वमा घटना गराइएकोमा उल्टै यादव परिवारका सदस्य सहित अन्यलाई झुटा मुद्धामा फसाउन खोजिएकोप्रति आपत्ति जनाउँदै काँगे्रसले राजनीतिक दवाव र घटनाको तथ्य जाँच नगरि एकतर्फी भनीएको आधारमा प्रहरीले केहीलाई प्रहरी हिरासतमा राख्नु कानूनीराज्यको उपहासका रुपमा लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त घटनाको स्थलगत जाँच गरि स्पष्ट केलाउन सम्वन्धित निकायसँग माग गर्दै अनाहकमा फसाइएका व्यक्तिहरुलाई तत्काल रिहा गर्न काँगे्रसले जोडदार माग गरेको छ । साथै न्यायोचित न्याय नदिइए पार्टी विरोधको बाटो अवलम्वन गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।
Advertisement