पेरु कोपा अमेरिका कपको फाइनलमा,चिली ३ -० ले पराजित
प्रकाशित मिति : २०७६, १९ असार बिहीबार ०९:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
ब्राजिल । कोपा अमेरिका कपको फाइनलमा आयोजक ब्राजिल र पेरु आमने सामने हुने भएका छन् ।आज बिहान भएको दोश्रो सेमिफाइनल खेलमा साबिक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरुले ३-० गोलले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।
Advertisement
खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत गर्दै पेरुलाई अगाडी बढाए । त्यसअघि चिलीले सातौं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । जान बोसेजरको क्रसमा चार्ल्स आरान्गिजको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ३८ औं मिनेटमा पेरुका लागि योशीमार योतुनले अग्रता दोब्बर पारे । चिलीका गोलरक्षक अरियासले पोजिसन बाहिर रहेर विङमा डिफेन्ड गर्न गएपछि क्यारिलोको लामो क्रसलाई योतुनले पेनाल्टी क्षेत्र बाहिरबाट गोलको दिशा दिए ।
दोस्रो हाफको इन्जुरी समयमा जुआन पाउलो गुरेरोले गोल गर्दै चिलीको फाइनल यात्रा तय गरे । उनले रेनाटो टापियाको पासमा गोल गरेका थिए । लगत्तै चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाएपनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाए ।
अब घरेलु टोली ब्राजिल र पेरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। ब्राजिलले यसअघि अर्जेन्टिनालाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यसअघिको लिग चरणको खेलमा ब्राजिलले पेरुलाई ५-० गोलले पराजित गरेको थियो।