बाँके प्रहरीको ज्यादति विरुद्ध बाँके काँग्रेसले गर्यो आन्दोलनको घोषणा "जिल्ला प्रशासन घेराउ गर्दै "
"जिल्ला प्रशासन घेराउ गर्दै "
प्रकाशित मिति : २०७६, २० असार शुक्रबार ०७:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली काँग्रेसलेे बाँके प्रहरीको दादागिरी, ज्यादती प्रति आन्दोलनको घोषणा गरेको छ। प्रहरीले आफ्ना निर्दोष कार्यकर्तालाई जबर्जस्ती हिरासतमा लिइ माथिल्लो दबाद छ भन्दै अनावश्यक दुख दिएको प्रती काँग्रेसलेे बाँके अब सडकमा आउने भएको हो। काँग्रेसलेे बाँकेले आज ९:३० बजे जिल्ला प्रशासन घेराउ गर्ने भएको हुँदा आफ्ना कार्यकर्ताहरुलाइ ९ बजे पार्टी कार्यालयमा जम्मा हुन निर्देशन दिएको छ।
Advertisement
‘प्रहरी प्रशासनको ज्यादति विरुद्ध आन्दोलन गर्न बाध्य भएका छौं’, काँग्रेस बाँकेका युवा नेता सुधांशु कोइरालाले भने, ‘त्यस विरुद्ध शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्न लागेका छौं ।’ उनका अनुसार, केहीदिन अघि कम्दीमा वडाध्यक्ष कुटपिटको घटना प्रहरी जानकारीमा भएको हो ।
‘छलफलमा कुरा टुङ्गिदै थियो’, कोइरालाले भने, ‘तर, एकाएक हामीलाई झुक्याएर हाम्रा नेताहरु विरुद्ध ज्यान मार्ने अभियोग दर्ता गर्न प्रहरी अग्रसर देखियो ।’ कम्दी घटनामा डुडुवा गाउँपालिकाका उपप्रमुखका श्रीमान् सहित ५ जना काँग्रेस नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएपछि काँग्रेस आक्रोशित भएको हो।प्रहरीले समेत दुई तिहाईको दम्भ देखाएको छ-कोइरालाले भने।