तीन जना थुनुवा फरार हुँदा प्रहरीहरु तनाबमा,ड्युटी अफिसरलगायतलाई निलम्बनको तयारी
प्रकाशित मिति : २०७६, २४ असार मंगलवार १२:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । थुनुवा फरार हुँदा प्रहरीहरु तनाबमा परेका छन् ।महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि चार जनालाई कारवाहीको तयारी थालिएको छ ।
Advertisement
रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी गरिएको हो।गएराति भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल उप्काएर तीन जना थुनुवा फरार भएका थिए । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार भएका हुन् ।
प्रहरीको लापरवाहीमा उनीहरु फरार भएका हुन् वा थुनुवा र प्रहरीबीच मिलेमतो पनि थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोली भैंसेपाटी पुगेर स्थलगत निरीक्षण गरेको छ । ललितपुर प्रहरी परिसरले पनि एसपी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।
एसएसपी किरण बज्राचार्यले प्रारम्भिक निरीक्षणको नतिजा बुझाएपछि कस्तो खालको कारबाही गर्ने भन्ने निर्क्यौल हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्रीले बताए । ‘क–कसको के–के भूमिका थियो भन्ने कुरा छानविनमा देखिन्छ त्यसअनुसार अगाडि बढ्छौं,’ डीआईजी क्षेत्रीले भने ।
ललितपुरको जावलाखेलस्थित प्रहरी कार्यालयमा स्थान अभाव भएको भन्दै भैंसेपाटीमा राखिएका थुनुवाहरु फरार भएका हुन् ।
श्रोत: अनलाइनखबर।