काठमाडौंमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, एक जना बल्खु खोलामा बेपत्ता
प्रकाशित मिति : २०७६, २७ असार शुक्रबार १६:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । देशको राजधानी काठमाडौंमै पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने एक जनालाई खोलाले बेपत्ता बनाएको छ। बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौंको मूलपानीमा गएको पहिरोमा तीन जना पुरिएका छन्। घरको गाह्रो भत्किएर टहरामा बसिरहेको बेला शुक्रबार दिउँसो टहरोलाई पनि पहिरोले पुरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार एक्साभेटरको सहायताले प्रहरीले काम गरिरहेको छ।
Advertisement
यस्तै, कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन्। बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका विनोद चौधरी बेपत्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
पहिरोमा मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।