चिप्लिएको यति एअरको जहाज तान्न नसक्दा त्रिभुवन बिमानस्थल अझै सुचारु हुन सकेन
प्रकाशित मिति : २०७६, २७ असार शुक्रबार १९:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । नेपालगन्जबाट उडान भरेको यति एअरलाइन्सको उडान नम्बर एनवाइटी ४२२ को जहाज त्रिभुवन विमानस्थलमा चिप्लिए पछि ७ घन्टा सम्म बिमानस्थल सुचारु हुन सकेको छैन्।जहाज अवतरण गर्ने क्रममा शुक्रबार बिहान ११ बजेर पाँच मिनेटमा चिप्लिएको थियो। जहाज धावनमार्गबाट बीस मिटर पर घाँसे मैदानमा पुगेको थियो।
Advertisement
जहाज चिप्लिएको ठाउँबाट दस फिट तानिएको विमानस्थल प्रहरीले जनाएको छ। बिमानलाइ केही फिट सम्म तानेर अहिले सजिलोका लागि गिट्टी बिछ्याउने काम भइरहेको बिमानस्थल प्रहरीलेे बताएको छ।नेपाली सेना, प्रहरी तथा इन्जिनियरहरूको टोली जहाज निकाल्न सक्रिय छ। सेनाको एपिसी टोलीले जहाजलाई तानिरहेको छ।‘आज राति अबेरसम्ममा जहाज निकालेर विमानस्थल सुचारू गर्ने योजना छ,’ बिमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए।वर्षा जारी रहेका कारण जहाज निकाल्न कठिनाइ भएको उनले बताए।
जहाज तान्न नसकेपछि विमानस्थल कार्यालयले नोटाम समयलाई बढाउँदै लिएको छ। बेलुका सात बजेसम्मका लागि नोटाम जारी गरिएको विमानस्थल प्रवक्ता प्रताव तिवारीले जानकारी दिए।
विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजको जहाज कोलकत्ता, सिचुवान एयरलाइन्सको ल्हासा, चाइना साउदर्नको कोलकत्ता, विमान बंगलादेशको ढाका, थाई एयरवेजको बैंकक, नेपाल एयरलाइन्सको नयाँ दिल्ली, मालिन्दो एयरको ढाका, इन्डिगो एयरलाइन्सका उडान डाइभर्ट भएका छन्।त्यस्तै थाइ लायनको बैंकक, भुटान एयरलाइन्सको पारो, इन्डिगो एयरवेजको उडान डाइभर्ट भएका छन्।