बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि
प्रकाशित मिति : २०७६, २८ असार शनिबार १६:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । राप्ती नदीमा अहिले पानीको सतह ५ मिटर ५० सेन्टिमिटर पुगेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । कुसुमस्थित जल मापन केन्द्रले राप्ती नदीमा पानीको सतह बढ्दै गएको बताएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन भन्दै साइरन बजाई सकिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो । राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । राप्ती सोनारी, डुडुवा र नरैनापुरका दर्जन बढी गाउँ बाढीको उच्च जोखिममा छन् ।
Advertisement