नेपालगन्ज नगर प्रहरी निरीक्षकमा बोगटी र सहायक निरीक्षकमा गौतम "दमकल प्रमुखमा खड्का "
"दमकल प्रमुखमा खड्का "
प्रकाशित मिति : २०७६, ३० असार सोमबार १८:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीको तालिम समापन भएको छ। एक महिना सम्म नगर प्रहरीका सकल दर्जाहरुले संयुक्त तालिम गरेका थिए।तालिम सम्पन्न भए लगत्तै नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमसेर राणाले नगर प्रहरीका सकल दर्जाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेेेका हुन् । साथै नगर प्रहरी सगै दमकल कर्मचारीको तालिम सम्पन्न भएको छ। उनिहरुलाइ पनि मेयर डा. राणाले उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह प्रदान गरेेेका छन्। दज्र्यानी चिन्ह प्रदान गर्दै मेयर ड.राणाले सबैलाई कसैैैको प्रभाबमा नपरी इमानदारीताका साथ काम गर्न निर्द्देशन दिएका छन्।
Advertisement
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलका अनुसार नगर प्रहरी निरीक्षकमा नेपाल प्रहरीका पुर्व प्रहरी निरीक्षक सुर्य बहादुर बोगटी नियुक्त भएका छन्। नगर सहायक निरीक्षकमा बिकास गौतम छानिएका छन् । यस्तै उहाँका अनुसार नगर प्रहरीमा २ जना हवल्दार सहित १३ जना नगर सिपाही रहेेेका छन् । नगर प्रहरीमा जम्ममा १७ जना मध्यमा तिनजना महिला रहेका छन्।दमकल प्रमुखमा भने झइन बहादुर खड्का नियुक्त भएका छन् । उनी नेपाली सेना पुर्व सेनानी समेत हुन् ।
आज पास आउट भइ दज्र्यानी चिन्ह प्राप्त गरेका सहायक निरीक्षक लगायत सिपाहीहरुलाई लोक सेवा आयोग बमोजिम नेपाल प्रहरीले छनौट गरेको र उनीहरुलाई नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रका तालिम अधिकृतहरुले एक महिना धेरै कडा तालिम दिएको प्याकुरेलले बताए।
अहिले नेपालगन्ज उपमहानगरमा दुई वटा दमकल नयाँ र आधुनिक रहेको हुँदा कुनै पनि भबितब्य भएमा( आगलागी) चाडोँ र छरितो रुपमा दमकलका कर्मचारीले काम सक्ने समेत प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले बताए। साथै उनका अनुसार नगर प्रहरीले ठेला ब्यबस्थापन, सडक अतिक्रमण लगायतका गर्नेछ।
दज्र्यानी चिन्ह प्रदान कार्यक्रममा उपमेयर उमा थापामगर, प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्षहरुका साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिले लामो समय देखि नगर प्रहरीको अभाव हुँदै आएको अवस्थामा यसको पुर्ती गरेकोले स्थानीयहरुले समेत धन्यवाद दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले अहिले बिकास गति मारिरहेको छ। यति मात्रै नभइ नेपालगन्ज उपमहानगरपालिका आगामी ५ बर्ष भित्र देशै नमुना उपमहानरपालिका बन्ने लक्षका साथ अघि बढेको छ।