अदालतले तोक्यो पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना
प्रकाशित मिति : २०७६, ३१ असार मंगलवार १२:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कञ्चनपुर । पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको छ।सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।
Advertisement
कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो। सोही मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र आचार्यको इजलासले उनलाई कैद र जरिवाना तोकेको हो। तर अहिलेलाई भने उक्त सजाय स्थगित गरी अदालतले उनलाई माफिनामाको मौका दिएको छ।
‘उहाँलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवाना गरेको हो तर उहाँले फेसबुकमा अदालतविरूद्ध लेखेका सामग्री हटाएर माफी मागेमा कैद र जरिवाना भुक्तान गर्नु नपर्ने सर्त छ,’ अवस्थीले भने, ‘उहाँलाई माफी माग्नका लागि अदालतले तीन दिनको समय दिएको छ।’
झण्डै एक वर्ष अघि कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। सोही घटनामा प्रारम्भिक अनुसन्धानकै क्रममा लापरबाही भएको विभिन्न छानबिन समितिहरूले निष्कर्ष निकालेका थिए। त्यसपछि कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ८ जनाविरूद्ध प्रहरीले नै अदालतमा मुद्दा दायर गरेको थियो।
यही मुद्दाको सुनुवाइ प्रकृयालाई लिएर भण्डारीले आफ्नो पत्रिका मानसखण्ड दैनिक र फेसबुक स्टाटस लेखेका थिए।
उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने भन्दै बारले उनीविरूद्ध अदालतको अवहेलना मुद्दा लगाएको थियो।
सेतोपाटीबाट।