नेपालगन्जको अति ब्यस्त स्थानबाट दिनदहाडै मोटरसाइकल चोरी, चोरहरु सक्रिय हुँदै
प्रकाशित मिति : २०७६, ३१ असार मंगलवार १६:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको अति ब्यस्त स्थानबाट दिनदहाडै मोटरसाइकल चोरी भएको छ। नेपालगन्जको सुर्खेत रोड स्थित एनआइसी बैंक अगाडी रोकिराखेको भे ८ प ६९४५ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो चोरी भएको छ।
Advertisement
मोटरसाइकल चढेर आएका जानकी गाउँपालिका वडा नं ५ का लबकुश यादब बैंकमा पैसा झिक्न एनआइसी बैंक भित्र गएर आउँदा उनको मोटरसाइकल गायब भयो। ‘कसेकम बैंक भित्र १० मिनेट के बसेको थिए,बाहिर आउँदा मोटरसाइकल गायब भएछ। यस्तो ब्यस्त स्थान र सिसीटिभी भएको ठाउमा यति चाडँो चोरी हुँदा अचम्म लागेर आयो’ यादबले भने।
नेपालगन्जमा चोरीको बिगबिगि बढीरहेको समयमा यसरी दिउसै अति ब्यस्त स्थानबाट चोरीहुनुले चोरहरु मौलाउदै गएको बुझ्न सकिन्छ । सोमबार मात्रै प्रहरी विभिन्न स्थानहरुमा चोरी गर्ने गिरोहका एक जनालाई पक्राउ गरेकै अर्को दिननै चोरी भएको छ।