ब्राउन सुगरसहित नेपालगञ्जको जमुनाहाबाट तीन जना पक्राउ
प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार १३:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । प्रतिबन्धित लागू औषध ब्राउन सुगर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा आज तीन जनालाई प्रहरीले नेपालगञ्जको जमुनाह नाकाबाट पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउँदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी इनरुवा–७ घर भई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुरका साथबाट प्याकिङ्ग गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका इञ्चार्ज समेत रहनुभएका प्रहरी निरिक्षक बिरबहादुर थापाले जानकारी दिनुभयो । बरामद ब्राउन सुगर र प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको थापाले जानकारी दिनुभयो ।
Advertisement