नेपालगन्ज भन्सार एजेन्ट नै आन्दोलनमा उत्रिएपछि करिब २०० ढुवानीका साधन अलपत्र
प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार ०८:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । भन्सार एजेन्टनै आन्दोलनमा आएपछी डेढसय बढि ढुवानीका साधन नेपालगन्ज भन्सारमा अलपत्र परेका छन् ।ढुवानी एजेन्टले नेपालगन्ज भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवार दुुुईसय बढि ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया गराएर मालसामान सम्बन्धित ठाउँमा लैजान सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले काम बन्द गरेका कारण नेपालगन्ज नाकामा आएका दुई सय बढि ढुवानीका साधन अलपत्र परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
Advertisement