कुवेतमा बिचल्लीमा परेकी युवतीको उद्दार गरि नेपाल ल्याइयो
प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार ०९:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । दलालको फन्दामा परि कुवेतमा बिचल्लीमा परेकी एक युवतीको उद्दार गरिएको छ।नुवाकोट, महाकाली गाउँपालिका कि अनु तामाङलाई नेपाल फर्काइएको छ ।तामाङ राम्रो काम लगाइदिने आशमा छ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी थिइन् । तर, उनीमाथि शारीरिक तथा मानसिक यातना दिइएको थियो ।
Advertisement
यसबारे तामाङले सामाजिक सञ्जालमा गुनासो गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए । अहिले अनुलाई छोरी सलिनाको जिम्मा लगाइएको छ।