नेपालगञ्जमा भारी बर्षा जारी
प्रकाशित मिति : २०७६, ५ श्रावण आईतवार १०:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जमा अहिले भारी बर्षा भइरहेको छ । मनसुन पुनः सक्रिय भएका कारण आजदेखि तीन दिनसम्म देशैभर बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । नेपालगञ्जमा अघि साढे ९ बजेदेखि भारी बर्षा भइरहेको छ । देशैभर पानी परिरहेकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । राप्ती नदीमा पनि पानीको बहाब बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । निरन्तर झरी परेपछि नेपालगञ्ज पनि डुबानमा पर्ने गरेको छ । त्यस्तै दशगजामा भारतले बनाएको बाँधजस्तो सडकका कारण सीमावर्ती नेपाली गाउँहरु पनि डुब्ने गरेका छन् । अहिले बाँकेका सबै स्थानमा बर्षा भइरहेको छ।
Advertisement