नेपालगन्जमा आज बिहानदेखि परेको बर्षाले धेरै स्थान जलमग्न
प्रकाशित मिति : २०७६, ५ श्रावण आईतवार १२:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आज बिहानदेखि परेको बर्षाले नेपालगन्जका धेरै स्थानहरुमा जलमग्न भएका छन् । बर्षाले सबैभन्दा बढी नेपालगन्जको न्यू रोड, सेतु बिक चोक जलमग्न भएका छन् ।न्यू रोड सडकको उचाई बढाएरै निर्माणको काम गरिएको थियो । तर पनि आज जलमग्न हुुँदा स्थानियहरु अचम्मित भएका छन् । त्यस्तै नेपालगन्जका अन्य स्थानहरु समेत जलमग्न भएका छन् ।नेपालगञ्जको ढल र सडक सुधारका लागि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास परियोजना सञ्चालनमा छ । उक्त परियोजनाले नेपालगञ्ज शहरका कयौं सडक र ढल निर्माणको काम सम्पन्न गरिसकेको छ । तर यो काम सकिएपछि डुुुबान हुुनुु चिन्ताको बिषय बनेको छ।
Advertisement