कोईराला निवासको रौनकता
प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार १५:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बसन्त शर्मा ।नेपालगन्जको सुर्खेतरोड स्थित बैठक कोठाको भित्तामा टाँसिएको स्व. डा. अरुण कोईरालाको एउटा तस्विरलाई हेर्दै केहि भावुक मुद्रामा देखिएका नेपाली काँग्रेसका माहमन्त्री डा.सशांक कोईराला केही बेरको भावुकतालाई विट मारेर मुस्कुराउँदै बाँके काँग्रेसका नेता तथा कार्यकर्तालाई जय नेपालको अभिवादन गर्दै गरेको दृश्यले नेपालगन्जको कोईराला निवासमा सोमबार एकाएक रौनक छायो ।
Advertisement
सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गरेका महामन्त्री डा.कोईराला विमान स्थलबाट सोझै बाँके जिल्ला पार्टी सभापति किरण कोईराला निवास पुग्नुभयो । कोईराला निवासमा उहाँलाई स्वागत गर्न नेपाली काँग्रेस बाँकेका पूर्व सभापति सनत रेग्मी र कृष्णमान श्रेष्ठ लगाएतका नेता तथा कार्यकर्ताहरु उपस्थित देखिन्थे।
बाँकेको कोईराला निवास स्व. सुशील कोईरालाको निवास भएका कारणले राजनीतिक रुपमा राष्ट्रिय स्तरमा नै लाईमलाईटमा रहेको निवास हो । उसो त स्व. कोईरालाको नेपालगन्जमा नीजि निवास घर थिएन । भाई विजय र अरुणको निवासमा कार्यकर्ता भेटघाट गर्ने सभापति कोईरालाको थलो थियो ।
त्यति मात्रै होईन कोईराला निवासको गरिमालाई पार्टीका तत्कालिन जिल्ला सभापति एवम सुशील कोईरालाका भाई डा. अरुण कोईरालाले पनि कायम राख्नुभएको थियो । अहिले पनि उहाँकी धर्म पत्नि किरण कोईरालाले कोईराला निवासको गरिमालाई अघि बढाई रहनुभएको देखिन्छ ।
२०७२ सालमा पार्टी सभापति सुशील कोईरालाको निधन पछी बाँकेको कोईराला निवासमा चहलपहल कम भयो । यद्दपी जिल्ला तहमा त्यो कायमै रहेको देखिन्छ ।
बि.पि स्मृती दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस बाँकेले आयोजना गर्ने बिचार गोष्ठीलाई सम्बोधन गर्न बि.पी. पुत्र एवम पार्टीका महामन्त्री डा.कोईराला नेपालगन्ज अाउनुभएको हो ।
नेपाली काँग्रेसकाे सिद्धान्तका प्रतिपादक बि.पी. कोईरालाको ३७ अौं स्मृति दिवस देशभरी मनाईरहँदा माहामन्त्री डा. कोईराला बाँकेलाई उच्च प्राथमिकतामा राख्दै अाफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई थाँति मार्दै बाँके काँग्रेसले अायोजना गरेको कार्यक्रममा उपस्थित हुनुले पनि कोईराला निवासको महत्व दर्शाउँछ ।
नेपालको प्रजातान्त्रिक अान्दोलनमा कोईरालाहरुको नेतृत्वले देशमा पटक पटक परिवर्तन भएको इतिहांस दरिलो छ ।
सुशील कोईराला प्रधानमन्त्री हुँदा र पार्टि सभापति हुँदा नेपालगन्जको कोईराला निवास ‘मिनि बालुवाटार’ र अर्को ‘सानेपा’ झैं लाईमलाईटमा थियो ।
तर १३अौं महाधिवेशनबाट नेपाली काँग्रेसको नेतृत्व कोईरालाहरुको हातमा नरहे पनि पार्टीको एउटा महत्वपूर्ण पद महामन्त्रीमा कोईराला कै बर्चश्व भएपछी संगठनमा कोईराला लिगेसीले निरन्तरता पाईरहेको छ ।
जिल्लाको हकमा कोईराला लिगेसिमा नै नेतृत्व छ । अधिकाशं नेता तथा कार्यकर्ताहरुको कोईराला परिवार प्रतिको त्यो विश्वास र सम्मान कायम देखिन्छ ।
कोईराला लिगेसीको राजनीतिलाई अघि लैजान बाँके काँग्रेसको योगदान पनि कम छैन ।थुप्रै अान्तरिक विवाद र कटुतापूर्ण सम्बन्धका वाफजुत पनि बाँकेको कोईराला निवास अझै ‘सत्ता र पावर’ सेन्टरका रुपमा चिनिन्छ ।
केन्द्रमा सरकार नभएपनि पावर एक्सरसाईजमा कुनैबेला कोईराला ‘किचन क्याविनेटका’ रुपमा स्थपित बाँकेको कोईराला निवास अहिले पनि चर्चामा रहन्छ ।
जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दा महामन्त्री डा.कोईरालाले जस्तै परिस्थिति अाएपनि विचलित नभएर पार्टीको नीत तथा सिद्धान्तमा अघि बढ्दा नै बि.पी. कोईराला प्रतिको उच्च सम्मान हुनसक्ने धारणा राख्नुभयो ।
१४अौं महाधिवेशनमा पार्टी सभापतिका एक प्रमुख दावेदार रहेका महामन्त्री डा.कोईरालालाई बाँके काँग्रेसका नेता तथा कार्यकर्ताहरुले ‘वेटिङ्ग पार्टी सभापति’का रुपमा लिईएको भन्दै केही दिन बाँकेमा बस्न समेत अाग्रह पनि गरेका छन् ।नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोईरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।