नेपालगन्ज उपमहानगरद्वारा लागत स्टिमेट भन्दा साँढे चार लाख कममा गाडी खरिद
प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार १७:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। नेपालगञ्ज उप–महानगरपालिकाले लागत स्टिमेट भन्दा साँढे चार लाख रुपिया कममा यात्रु बस खरिद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाको विशेष सक्रियतामा लागत स्टिमेट भन्दा कम रकममा बस खरिद गरिएको हो । लेखा अधिकृत राजन केसीका अनुसार, सार्वजनिक खरिद ऐनका सम्पूर्ण प्रक्रिया पुरा गरि बस खरिद गरिएको हो । सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७०० र ठुला चारवटा बस दुई करोड १५ लाख ७६ हजार रुपियामा खरिद गरिएको हो ।
Advertisement
बस खरिदका लागि लागत राष्ट्रिय पत्रिकामा ईबिडिङ्ग सार्वजनिक सूचना प्रकाशन गरिएकोमा सिप्रदी टेडिङ्गले टेण्डर प्राप्त गरेको हो । २०७५ साल पुष २६ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उप–महानगरपालिकाले लक्षित वर्गलाई दृष्टिगत गरि कार्यक्रम संचालन गर्न साझेदारी विकास कार्यक्रम अन्तर्गत विपन्न वर्गसँग स्थानीय सरकार सहितको कार्यक्रम संचालनका लागि बजेट माग गरिएको थियो ।
विशेष अनुदान अन्तर्गत गाउँ नगर साझेदारी कार्यक्रम संचालन गर्नका ५ करोड अनुदान प्राप्त भएको हो । उपमहानगरपालिकाले गठन गरेको साझेदारी विकास कार्यदलले ठुला चारवटा र मझौला तिनवटा बस खरिद गर्ने निर्णय चैत १३ गते गरेपछि बोर्डले स्वीकृत गरेको हो । कार्यपालिकाको निर्णय अनुसार, विद्युतीय खरिद प्रर्णाली संचालित निर्देशिका २०७४ अनुसार ई–विडिङ्ग गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताउनुभयो ।