गुण्डागर्दीलाई शून्यमा झार्ने वडा प्रहरी प्रमुख बस्नेतको दृढता
प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार १३:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख हरि बस्नेतले गुण्डागर्दीलाई शून्यमा झार्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले लागू औषध, चोरी डकैती र गुण्डागर्दी नियन्त्रणलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।
Advertisement
वडा कार्यालयमा आज पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा भर्खरै सरुवा भएर आउनुभएका वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक बस्नेतले नगरमा शान्ति सुव्यवस्था कायम गर्न आफूले कुनै कसर बाँकि नराखेर काम गर्ने बताउनुभयो । सीमित स्रोत साधन र अपुग जनशक्तिका बाबजुद पनि आफूहरु नगरको सुरक्षामा अहोरात्र खटिएको प्रहरी निरिक्षक बस्नेतले बताउनुभयो ।
९९ जना दरबन्दी रहेको वडा प्रहरी कार्यालयमा अहिले ६३ जना मात्रै रहे पनि कुनै कमी कमजोरी हुन नदिएर काम गरिरहेको उहाँले बताउनुभयो । अपराध अनुसन्धानको सहजताका लागि नगरका विभिन्न स्थानमा ५६ वटा सिसी क्यामेरा जडान गरिएपनि अहिले ११ वटाले मात्र काम गरिरहेको जानकारी दिँदै बस्नेतले यसले अपराध अनुसन्धानमा समस्या भइरहेको बताउनुभयो ।