विपीलाई सम्झँदै नेपालगञ्जको वडा नम्बर १३ मा बृक्षारोपण ( फोटो फिचरसहित)
प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार १३:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मारहेको स्वास्थ चौकीमा आज बृक्षारोपण गरिएको छ । ३७ औं विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेको आयोजनामा एक सय बढी विरुवा रोपिएको हो ।
Advertisement
आँप, सगुन, लिच्ची, अशोक, कागती लगायतका विरुवा रोपिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्व एवम् पार्टी जिल्ला सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको बृक्षारोपण कार्यक्रममा काँग्रेसका करिब एक सय नेता कार्यकर्ताको उपस्थिति थियो ।
क्षेत्रीय सदस्य प्रदिप साहुले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा सभापति किरण कोइराला, स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेक बहादुर केसी, क्षेत्रीय सभापति गुप्ता र वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र बहादुर शाहले विपीले देखाएको बाटोमा हिंड्न सके विपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको थियो । मानव स्वास्थ्य र स्वस्थ वातावरणका वृक्षारोपण गरिएको गुप्ताले बताउनुभयो ।
बृक्षरोपण कार्यक्रममा पुर्ब सांसद मैखुलाल बालमिकि,जिल्ला सदस्य सुधान्सु कोइराला,क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति माधवराम खत्री, नेपालगन्ज उपमहानगरपालिकाका उप- प्रमुख उमा थापा मगर, महासमिति सदस्य राजकुमार बर्मा, निरन्जनसिंह सिंजापति, वडा नम्बर २२ का अध्यक्ष विद्याराम बर्मा, वडा नम्बर १२ का सदस्य तरुन बज्राचार्य,नेपालगन्ज नगर सभापति प्रशान्त बिष्ट, तरुण दलका जिल्ला सचिब बिनोद रिजाल, नेबिसंघ नगर सभापति अनुज बर्मा, लगायतको अन्यको उपस्थिति रहेको कार्यक्रम संचालन शिव कुमार बर्माले गर्नुभएको थियो ।