शरणार्थी बोकेको पानीजहाज डुब्दा १५० जनाको ज्यान गएको आशंका
प्रकाशित मिति : २०७६, १० श्रावण शुक्रबार ०९:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लिबिया।पानीजहाज डुबेपछि जहाजमा सवार कम्तीमा १५० जनाको ज्यान गएको अनुमान गरिएको छ । लिबियाको राजधानी त्रिपोलीदेखि १२० किमि दुरीमा रहेको अर्को शहरमा जाँदै गरेको ३ सय शरणार्थी सवार पानीजहाज पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।
Advertisement
संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन्।जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जहाज लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटरको दूरीमा रहेको एक शहरबाट हिँडेको थियो । बीबीसी हिन्दीका अनुसार, शरणार्थीहरू एक जहाजमा सवार थिए या दुई भन्ने यकिन हुन सकेको छैन ।अनलाइनखबरबाट।