नगरपालिका प्रमुख र उप-प्रमुखको बिबादले कार्यालय नै बेग्लाबेग्लै सञ्चालनमा
प्रकाशित मिति : २०७६, १२ श्रावण आईतवार १३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जनकपुर।धनुषाको हँसपुर नगरपालिकाको मेयर रउपमेयरबीच विवादले सर्वसाधारणले सास्ती खेप्नु परेको छ। हँसपुरका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच विवाद बढ्दै जाँदा अहिले उनीहरूले कार्यालय नै बेग्लाबेग्लै सञ्चालन गरेपछि सेवाग्राही मर्कामा परेका हुन्।
Advertisement
उपप्रमुख झासँग विवाद भएपछि प्रमुख मण्डलले नगरपालिकाको कार्यालय हँसपुरको बेल्ही चोकमा कार्यालय स्थापना गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविककै कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आएकी छिन्।
उनको घर समेत बघचौडामै छ। कार्यालय बेल्ही चोकमा लगिए पनि त्यहाँ नगरपालिकाको कुनै प्रकारको बोर्ड राखिएको छैन। बोर्ड बघचौडास्थित नगरपालिकाको साविककै कार्यालयमै छ। दुवै जना राजपाबाट निर्वाचित जनप्रतिनिधि हुन्।
नगरप्रमुख मण्डलले गत साउन ३ गते नगरपालिकाको कार्यालय बेल्ही चोकमा सारेका थिए। प्रमुख मण्डलले बहुमत जनप्रतिनिधिबाट निर्णय लिई आफूले कार्यालय सारेको दाबी गरिरहेका छन्। उपप्रमुख झा भने प्रमुख मण्डलले नगरपालिकाको कार्यालय जबरजस्ती आफूखुसी सारेको आरोप लगाउँछिन्।
उनले भनिन्, ‘प्रमुखज्यूले बहुमतको आधारमा र कानुनसम्मत कार्यालय सारेको भन्दै हुनुहुन्छ। कानुनसम्मत नै थियो भने राति-राति किन सार्नुपर्यो? दिउँसो नै सारे हुन्थ्यो नि?
प्रमुख मण्डलले आफूहरूले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सञ्चालनमा ल्याएको प्रतिक्रिया दिए। उनले भने, ‘साविकको कार्यालयमा ठाउँ अपुग भएपछि हामीले बेल्ही चोकमा कार्यालय सार्यौं। यहाँ पुग्न सेवाग्राहीलाई कठिन हुँदैन, काम पनि सहजै हुन्छ।’
उपप्रमुख झा साविककै कार्यालयमा बस्दै आइरहेकी छिन्। नगरपालिकाका सबै कर्मचारी नयाँ सारिएको कार्यालयमा बसेर काम गर्दै आइरहेका छन्। प्रमुख मण्डलकै निर्देशनमा सबै कर्मचारी बेल्ही चोकमा सारिएको कार्यालयमा बस्दै आएकी उपप्रमुख झाको आरोप छ।
श्रोत : सेतोपाटी।