बाँकेको डुडुवामा बृहत् रक्तदान चल्दै, अहिलेसम्म ९१ जनाले रक्तदान गरे
प्रकाशित मिति : २०७६, १२ श्रावण आईतवार १५:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । बाँकेको डुडवा गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा बेतहनी स्वास्थ्य चौकीमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा अहिलेसम्म ९१ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन र रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तसञ्चार सेवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।
Advertisement