बाँके कांग्रेसको राजनीतिमा प्रभाव जमाउन चरम् बदमासीको खुलासा "फोरम लोकतान्त्रिक भनेर अन्य दलका कार्यकर्ताको नाम सिफारिस "
"फोरम लोकतान्त्रिक भनेर अन्य दलका कार्यकर्ताको नाम सिफारिस "
प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार १५:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।बाँके कांग्रेसको राजनीतिमा प्रभाव जमाउन क्षेत्र नम्बर १ मा अन्य दलका कार्यकर्ताको नाम कांग्रेसमा सिफारिस गरिएको पाइएको छ।बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका क्रियाशील सदस्य बढाउने नाममा अन्य पार्टीका नेता कार्यकर्तालाई क्रियाशील सदस्यका लागि सिफारिस गरिएको खुलेको छ।
नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच भएको एकिकरणपछि समायोजनका लागि नेपाली कांग्रेसमा पठाइएको नाममा समाजबादी फोरम, नेकपा र कांग्रेस स्वयम्कै नेता कार्यकर्ताको नाम पठाइएको खुलेको हो । समाजबादी फोरमका बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राईले नरैनापुर गाउँपालिकाका आफ्ना एक सय जना नेता कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकबाट कांग्रेसमा पठाइएको भन्दै विज्ञप्ति निकालेर घोर आपत्ति जनाएपछि यो रहस्य खुलेको हो। तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सभा र स्थानीय तहको चुनाव समेत लडेका लगायत नेपाली कांग्रेसकै कतिपय नेता कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकबाट पठाइएको बुझिएको छ जबकि फोरम लोकतान्त्रिकबाट चुनाव लडेका ब्यक्तिहरुको समेत नाम पठाइएको छैन।बाँके साबिक क्षेत्र न २ का क्षेत्रिय सभापति तथा नेपाली कांग्रेस नरैनापुरका नेता रामचन्द्र मौर्यले नरैनापुर गाउँपलिका मा ८०,९० जना मात्र कृयासिल सदस्यता रहेको र ति ब्यक्तिहरु उनीहरुको पक्षमा नरहेको हुनाले पार्टी कब्जा गर्ने रणनिती अनुरुप फोरम लोकतान्त्रिकका नाममा साबिक क्षेत्र न १ का क्षेत्रिय सभापति माधव राम खत्री लगायत पार्टीका केही नेताहरुले नेपाली कांग्रेस भित्रकै मान्छेहरु र संघिय समाजबादी फोरमका मान्छेहरुको नाम सक्रिय सदस्यताका लागि सिफारिस गरेको हुन सक्ने बताउनुभयो।
खत्रीले भने उपयुक्त समयमा उपयुक्त रिपोर्ट पाइने बताउनुभयो । जनता कसैको पेवा नभएकाले हिजो को कहाँ थिए भन्दा पनि आज कोही कांग्रेसमा आउन खोज्छ भने किन आपत्ति गर्नुपर्ने भन्दै खत्रीले जनताको चित्त जसले बुझाउन सक्छ, जनता त्यतै लाग्ने बताउनुभयो ।
‘नरैनापुरमा कांग्रेसका ८०/९० जना क्रियाशील सदस्य छन् तर फोरम लोकतान्त्रिकबाट १ सय २७ जनाको नाम कांग्रेसमा समायोजनका लागि सिफारिस गरिएको छ, अन्य दलका नेता कार्यकर्तालाई फोरम लोकतान्त्रिकका भनेर पठाइएको छ, यो सबै संगठन कब्जा गर्ने कुत्सित मानसिकता हो,’ कांग्रेस स्रोतले भन्यो । पार्टीको महाधिबेशन नजिकिँदै गर्दा पार्टी कब्जा गर्ने स्वार्थले केही नेताहरुले बदमासी गरेको चर्चा कांग्रेस बृत्तमा छ । यस्तै बदमासी जानकी गाउँपालिका र जिल्लाका अन्य स्थानीय तहका केही वडाहरुमा पनि भएको बताइएको छ ।
आफ्नो पक्ष कमजोर भएपछि संगठनमा कब्जा जमाउन बदमासी गरिएको खुलेको हो । फोरम लोकतान्त्रिकका कार्यकर्ता भन्दै जिल्ला भरबाट झण्डै १ हजारको नाम सिफारिस गरेर पठाइए पनि केन्द्रले ४ सय ७७ जनाको स्विकृत गरी पठाएकोमा त्यसको पनि ६० प्रतिशत जति स्वयम् कांग्रेस र अन्य दलका कार्यकर्ता रहेको बताइएको छ ।
आफ्नो निजी स्वार्थका लागि गरिएको यस खाले बदमासीले पार्टीको संगठन झन् कमजोर हुनुका साथै बद्नामी हुने भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।
Advertisement