डुडुवा गाउँपालिकाले राप्ती नदी र डुडुवा खोलामा ठेक्का खोल्यो
प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलवार १८:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा(बाँके)। बाँकेको डुडुवा गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्रिका लागि बोलपत्र आह्वान गरेको छ । गाउँपालिकाले साउन १० गते प्रकाशित गरेको बोलपत्र आह्वान सम्बन्धि विज्ञापनमा ३० दिनभित्र बोलपत्र पेश गर्न भनिएको छ । गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने राप्ती नदी र डुडुवा खोलामा नदीजन्य पदार्थ उत्खनन्, संकलन र विक्रि गर्न बोलपत्र पेश गर्न चाहने इजाजत प्राप्त व्यक्ति, फर्म वा संस्थालाई सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट धधध।दयउिबतचब।नयख।लउ मा बोलपत्र पेश गर्न आह्वान गरिएको डुडुवा गाउँपालिकाको कार्यायल बनकट्टी बाँकेले जनाएको छ । बोलपत्र फारम उक्त वेभसाइटबाटै डाउनलड गर्न सकिने बताइएको छ । बालुवा, मोरङ्ग लगायतका नदीजन्य पदार्थ उत्खनन्, संकलन र विक्रिका लागि बोलकबोल बढाबढको माध्यमबाट ठेक्का दिइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित खडैंचा, पिपरहवा गाउँ नजिकैको डुडुवा खोला तथा वडा नम्बर २, ३, ४ र ५ स्थित दासपुर्वा, रामनगर, रमपुर्वा, कटैइहा, सिधनियाघाट आसपास र खजुरा गौडी गाउँ नजिकको राप्ती नदीमा बालुवा, मोरङ्गको ठेक्का दिने जनाएको छ । सबै कार्यहरु ई–बिडिङ्गका माध्यमबाट गरिने बोलपत्र आह्वान सम्वन्धि विज्ञापनमा उल्लेख छ ।
Advertisement