नेपालगञ्जका बिकासप्रेमी वडा अध्यक्ष ओमकारनाथ मिश्रा
प्रकाशित मिति : २०७६, १५ श्रावण बुधबार १९:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाको बिकासप्रेमी वडा अध्यक्षमा पर्ने एक हुन् ओमकारनाथ मिश्रा ।निजामती सेवाबाट राजिनामा दिई प्रत्यक्ष पार्टी राजनीतिमा होमिएका ओमकारनाथ मिश्रा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ भवानियापुरको वडा अध्यक्ष हुनुहुन्छ । गत स्थानीय निर्वाचनमा मिश्रा साविक नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएको हो । ५० को दशमा तत्कालिन नेकपा एमालेमा आवद्ध हुनुभएका मिश्राले २०५३ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभएको हो । सोही क्रममा पार्टीले टिकट दिने भएपछि सरकारी सेवामा राजिनामा दिई मिश्रा भवानियापुर गाविसको अध्यक्षमा प्रतिष्पर्धा गर्नुभयो । निर्वाचनमा पराजित भएपछि मिश्रा पार्टी राजनीतिमा झनै सक्रिय भएर लाग्नुभयो । उहाँ एमालेको वडा सचिव, क्षेत्रीय सचिव, अध्यक्ष हुँदै दुईकाल जिल्ला कमिटी सदस्य हुनुभयो । हाल नेकपा बाँके जिल्ला कमिटीको सदस्य हुनुहुन्छ ।
Advertisement
वडा अध्यक्षमा निर्वाचित भएपछि विकास निर्माणलाई मिश्राले पहिलो प्राथमिकतामा राख्नुभएको छ । भवानियापुरका सबै मुख्य सडकलाई कालोपत्रे गर्ने तयारी र योजना छ, वडा अध्यक्ष मिश्राले भन्नुभयो,– शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा पनि वडा कार्यालयले प्राथमिकता दिएको छ । हरेक नागरिकलाई गास, बास र कपासको आवश्यकता पर्ने भन्दै मिश्राले आप्mनो कार्यकालमा भवानियापुरमा राम्रो काम गरेर देखाउने अठोट लिएको बताउनुहुन्छ। वडालाई कृषिमा विकास गरि आत्मनिर्भर बनाउने अभियान अन्तर्गत डिप बोरिङ संचालन लगायतका काम सुरु गरिसकेको उहाँको भनाई छ ।
वडा अध्यक्षमा निर्वाचित भएपछि भवानियापुरमा नमूना योग्य सडक निर्माण भएको उहाँले बताउनुभयो । यसैगरी भित्रि सडकमा समेत यसबर्षसम्म ग्राविल गरिएको र ति सबै सडक कालोपत्रे गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ । साविक नेपालगञ्ज नगरपालिकासँग जोडिएको भएपनि पछाडी परेको भवानियापुरमा हाल सरकारी र निजी क्षेत्रबाट विभिन्न ठुला लगानी भईरहेको छ । सभाह हल, औषधी उत्पादक उद्योग, पेट्रोल पम्प, मानसरोबार पार्क, विउ विजन कम्पनी निर्माण र संचालनको तयारीमा छन् ।