नेपालगन्जको छाडा चौपाया ब्यबस्थापनबारे उप-प्रमुख सग छलफल
प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार ०९:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका भित्र अहिलेकाे एउटा जटिल समस्या भनेकाे छाडा चौपाया हो। छाडा चौपायाले गर्दा नगरको सौन्दर्य लगायत दुर्घटना समेत निम्त्याएको छ।
Advertisement
अब यस समस्यालाई कसरी ब्यबस्थापन र न्यूनिकरण गर्न सकिन्छ भनेर नेपालगन्ज उपमहानगरपालिका र एनिमल नेपाल बिच बुधवार महत्वपूर्ण छलफल भएको छ। नेपालगन्ज उपमहानगरपालिका उप- प्रमुख उमा थापा मगर सग ब्रिटेनका रोबिन ब्र्याडि, एनिमल नेपालका कार्यकारी निर्देशक हरि जोशी,एनिमल नेपालकै सुचना अधिकृत राधा गुरुङ , एनिमल नेपाल नेपालगन्ज का प्रमुख रेखा श्रेष्ठले छलफल गरी कान्जी हाउसको समेत अबलोकन गरेका थिए।
छलफलका क्रममा रोबिन र जोशीले अब नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका छाडा चौपायालाई कसरी ब्यबस्थापन गर्ने बारे एनिमल नेपालले कस्तो भुमिका खेल्न सक्छ भनेर उप-प्रमुख थापा मगरसग जिज्ञासा राखेका थिए ।
उप-प्रमुख थापाले छाडा चौपाया नेपालगन्जकै समस्या भएकोले अब यसको ब्यबस्थापनमा एनिमल नेपालले पनि आफ्नो तर्फबाट सहयोग गर्न सक्ने कुरा बताएको एनिमल नेपाल नेपालगन्ज प्रमुख श्रेष्ठले बताइन् ।