एक्कासी पहाड भासिएर एक्साभेटर र चालक पुरिए
प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार १६:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गोरखा । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटर र चालक पुरिएका छन् ।जिल्लाको सिरानचोक गाउँपालिका १ केराबारीमा उक्त घटना हुुुँदा एक्साभेटर र चालक पुरिएका हुन् ।
Advertisement
एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका १३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ।पहाडको ‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, ‘सडक भन्दा करिव ४० मिटर तल एक्साभेटर र चालक पुरिएको थियो।
प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ। ‘चालकलाई डोजरले चेपेको छ, हात मात्र देखेका छौं’, एसपी अधिकारीले भने । अहिले उद्दार कार्य जारी रहेको छ।