“अध्यक्ष होस् त सफिक दाई जस्तो”
प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार १२:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको विकासप्रेमी डाइनामिक वडा अध्यक्ष मध्येका एक हुन् मो.सफिक बेहना । सहयोगी मिजासका बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हुन् । स्थानीय निर्वाचनमा बेहना राप्रपा बाट वडा अध्यक्षमा विजयी भएका हुन् । वडा अध्यक्षमा निर्वाचित भएपछि विकास निर्माणलाई बेहनाले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनको नजरमा सबैभन्दा ठूलो काम बिकास निर्मााण हो। आफू निर्बाचित भएको २ बर्षको अवधिमा वडा नम्बर ४ मा उनले धेरै बिकास गरिसकेका छन् ।
अध्यक्ष बेहनाले ४ नम्बरमा नमूना योग्य सडक निर्माण भएको बताए। “अहिले पनि जो कोहीले देख्न सक्छ, बिगतको यो वडा र अहिलेको”-उनले भने । फोहरले भरिने सल्यानीबंगलामा बेहनाले उत्कृष्ट चिल्ड्रेन पार्क निर्माण समेत गरिसकेका छन् । उनले वडामा सार्बजनिक शौचालय निर्माणदेखि पानीको हाते पम्प समेत जडान गरिसकेका छन् । उनकै पहलमा वडा नम्बर ४ मा शहर प्रबर्द्धन स्वास्थ्य केन्द्र निर्माण कार्य लगभग अन्तिम चरणमा छ। आफूलाई अध्यक्ष भन्दा समाजसेवी भन्न रुचाउने बेहनालाई जति बेला पनि सजिलै भेट्न् सकिन्छ । “म जनताको नोकर हुँ” भन्ने अध्यक्ष बेहनामा कुनै प्रकारको घमण्ड भने देखिँदैन । वडामा आएका सेवाग्राहीलाई उनले मुस्कान सहितको सेवा समेत दिँदै आएका छन्। चाँडो भन्दा चाँडो समयमै सेवाग्राहीलाई सेवा दिँदै आएका अध्यक्ष बेहनाले आफ्नो वडामा हेर्न र गर्व गर्न लायक बिकास गरिसकेको बताउँछन् । बर्षायाम आयो भने डुबानमा पर्ने न्यूरोड अहिले उनी आएदेखि डुबान भने त्यति भएको छैन। स्थानीयहरु नै भन्छन्- अध्यक्ष हुन् त बेहना जस्तो। उनले बसपार्क भन्दा माथि पर्ने शिव पार्बती मन्दिरको निर्माण समेत गरेर स्थानीयबाट जयजयकार पाइसकेका छन् । नेपालगन्जको सल्यानीबंगलामा उनले नमुना गर्ल्स कलेज समेत निर्माण गरेका छन् । उनी भन्छन्- “आँट गर्नुपर्यो, असम्भब भन्ने केही कुरा छैन ।” अहिले ४ नम्बरमा कोही नौलो ब्यक्ति आयो भने बिकास निर्माण देखेर अचम्मित हुन्छन् । उनको वडाका प्रत्येक गल्लीमा पिसिसी सडक छन् भने बन्दै नबनेका सडक समेत एकैचोटी कालोपत्रे बनिसकेका छन् । मुख्य समस्या उत्पन्न गराएको दुन्द्रा नालाको अहिले निर्माण सम्पन्न भइसकेको छ । जमानादेखि बन्जर जस्तै रहेको साबा कब्रस्थानलाई समेत आधुनिकीकरण गरे अध्यक्ष बेहनाले । उनले त्यहाँ पिसिसी बाटो, बत्ती जडानदेखि सौन्दर्यको लागि पार्क समेत निर्माण गरेका छन् । त्यसैले त्यहाँका स्थानीयहरु युवाहरु भन्छन्-“अध्यक्ष भनेेेको डाइनामिक हिरो सफिक दाई जस्तो।” बिकास निर्माण कार्यमा सबैभन्दा अघि रहेका अध्यक्ष बेहनासंग गुनासो लिएर आउने प्राय: बिरलै देखिन्छन् । किनकि उनले वडामा चौतर्फी बिकास निर्माण गरिसकेका छन् । उनी भन्छन्-“आगामी निर्बाचनमा आउने जो कोही होस बस उसले बिकास निर्माणको सपना देखेर आउनुपर्छ।
Advertisement