भेरी अस्पतालमा डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा
प्रकाशित मिति : २०७६, १९ श्रावण आईतवार ११:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । भेरी अस्पताल डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् । अस्पतालको हेमोडायलासिस युनिटमा उपचारको लागि आउने विरामीको चाप बढ्दो छ । विरामीको चाप अनुसारको डायलोसिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा विरामी मर्कामा परेका छन् ।
भेरी अस्पतालमा मृगौलाको विरामीको चाप अनुसारको डायलासिस मेसिनको अभावमा ठूलो संख्यामा रहेका विरामीलाई सेवा दिन नसक्दा विरामी रोग थप्दै मृत्यु पर्खदै बस्नु परेको अवस्था छ । चारवटा मेसिन रहेको सो अस्पतालमा एक मेसिन विग्रीएर थन्केको अवस्थामा ३ वटा मेसिनले मात्र सेवा दिएको भएपनि लामो समयदेखि डायलासिसको लागि पालो पर्खेर बस्नेको संख्या दुई दर्जन पुगेको अस्पतालको हेमोडायलासिस युनिटले जनाएको छ ।
उपचारमा आउने विरामी र उनका आफन्तले अस्पतालमा मेसिनको संख्या बढाउनु पर्ने, दक्ष जनशक्ति थप गर्नु पर्ने, डायलासिसको विरामी र उनका कुरुवाको लागि युनिट नजिकै शौचालयको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन् ।
नेपालगन्जको गणेशपुरबाट आएकी विरामीको कुरुवा लक्ष्मीले अस्पतालमा उपचार गराउन आउने विरामी र कुरुवाको लागि आवश्यक शैचालय नहुनु, विरामीलाई एक ठाँउबाट अर्कोठाँउमा लैजान व्हिल चियर, नहुनु, दक्ष जनशक्ति मेडिकल र स्टाप नर्शको अभाव जस्ता समस्या रहेको बताईन ।
उनले भनिन–‘हुनेखानेले बाहिर पनि उपचार गराउन सक्छन । तर भेरीमा उपचारको लागि आउने विरामी निमुखा र गरिव नै आउने भएकोले मेसिनको अभावमा डायलासिसको लागि पालो कुरेका बिरामीहरु मृत्यु पर्खेर बस्नु परेको छ ।’ उनले गरिब निमुखा विरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने माग गरिन ।
भेरी अस्पतालले आफुसंग भएका सिमित साधन स्रोतलाई उपयोग गर्दै एक सिफ्टमा ३ जना विरामीलाई सेवा दिदै दैनिक ९ जनाले डायलासिस सेवा पाएको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा। पारश श्रेष्ठले जानकारी दिए । उनले भने–‘हामीले हामीसंग भएको साधन स्रोतको उपयोग गरी विरामीलाई अधिकतमसम्म सेवा दिएका छौ ।’
उनले अस्पतालमा डायलासिसको लागि आउने विरामीको चाप बढ्दो भएको जानकारी दिदै हालसम्म २३ जना पालो पर्खेर बसेको जानकारी दिदै भने–‘ अहिलेसम्म हामी काहाँ पालो पर्खेर बस्नु भएको विरामीको संख्या २३ रहेको छ । उहाँहरुले अनेत्र कतैपनि डायलासिस गराउनु भएको पनि छैन । विरामीका आफन्त हरेक दिनजसो आउनु हुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य छौ ।’
हेमोडायलासिस युनिट प्रमुद डा.पारसले डायलासिस मेसिनको संख्या बढाउदै केही थप जनशक्ति र युनिट सञ्चालनको लागि आवश्यक पूर्वाधार बढाउन सके पालो पर्खेर बसेका विरामीले डायलासिसको सेवा पाउदै उनीहरुको जीवन बचाउन पहल हुने बताए ।
‘अस्पतालले निशुल्क सेवा दिने भएको र पालो पर्खेर बसेका विरामीहरु अत्यन्तै विपन्न भएका कारणले पनि अनेत्र जान नसकेको मैले जानकारी पाएको छु’–डा. पारशले भने–‘ बिग्रेको मसिन तत्काल बनाउन सकेपनि दिनमा ३ जनाले सेवा पाउन सक्ने भएकोले बिग्रेको मेसिन तत्काल बनाउने र केही मेसिन थप गरेमा पालो पर्खेका विरामीले सेवा पाउने थिए ।
भेरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुपानन्द अधिकारीले अस्पतालमा निशुल्क हेमोडायलासिस युनिट सञ्चालन गरिएको जानकारी दिदै एक मेसिन विग्रीएर समस्या आएपछि मर्मतको प्रयास भईरहेको बताए । उनले बिग्रिएको मेसिन एकदुई दिन भित्रैमा मर्मत भई सुचारु हुने दाबी गरे ।
अस्पतालको स्तरोन्नती गर्दै सेवा विस्तारको क्रममा रहेको भेरी अस्पताल मध्य र सुदूरपश्चिम नेपालको अघोषित रेफरल सेन्टरको रुपमा रहेको यस अस्पतालमा हेमोडायलासिस युनिटमा उपचारको लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनको लागि आवश्यक स्पेस सहितको कोठा थप गर्नै पर्ने अवस्था आएको छ ।
Advertisement