पत्रकार विरहीलाई नेपालगञ्जका मेयरले गरे एक महिनाको पारिश्रमिक सहयोग
प्रकाशित मिति : २०७६, १९ श्रावण आईतवार १८:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले एक महिनाको पारिश्रमिक बरिष्ठ पत्रकार रेशम विरहीको उपचारका लागि सहयोग दिने हुनुभएको छ। नेपालगञ्जमा लामो समय पत्रकारिता र साहित्यमा योगदान दिनु भएका वरिष्ठ पत्रकार बिरहीको क्यान्सर रोगसँग संघर्षरत रहेको खबर पाएपछि आफु दुखित र मर्माहित भएको प्रमुख डा. राणाले बताउनुभयो । विरहीको उपचारका लागि एक महिनाको तलब र भत्ता गरि ५० हजार रुपिया सहयोग गर्ने प्रमुख राणाले बताउनुभयो।
Advertisement
नेपालगञ्जको प्रमुखमा निर्वाचित भएपछि दुईबर्षदेखि मेयर राणाले मासिक पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । राजनीति समाजसेवा भएको भन्दै मेयर राणाले सरकारबाट तलबभत्ता लिएर समाजसेवा गर्नु भन्दा इमान्दार भउर जनताको सेवा गर्नु उपयुक्त भएको बताउनुभयो । राणाले दुई दशकअघि नेपालगञ्जको मयर हुँदा पनि तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभएको थियो ।