नेपालगन्जको धम्बोझी चोकमा आज साँझ धुमधामका साथ “गुरही पर्व” मनाईदै
प्रकाशित मिति : २०७६, २० श्रावण सोमबार १०:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भगतराम थारु/नेपालगन्ज। थारु समुदायमा धुमधामका साथ गुरही पर्व २०७६ मनाइँदै छ । गुरही पर्वको पावन अवसरमा आज साँझ नेपालगन्जको धम्बोझी चोकमा सांस्कृतिक कार्यक्रम सहित गुरही पर्व २०७६ मनाउने आयोजकले जनाएको छ। थारू कल्याणकारिणी सभा बाँके, थारु पत्रकार संघ नेपाल बाँके, थारु विद्यार्थी परिवार बाँके मुक्त कमलरी विकास मंच र थारु कलाकार मञ्च बाँकेको सयुक्त आयोजनामा गुरही पर्व मनाउन लागिएको हो।
Advertisement
थारु समुदायको पहिलो चाड ‘गुरही पर्व’ नेपालगन्जको धम्बोझी चोकमा थारु समुदायका अगुवाहरुले पहिलो पटक मनाउने भएका छन् । थारु समुदायले विशेष पर्वको रुपमा मनाइने गुरही यस समुदायको पहिलो पर्व मानिन्छ । यसकारण पनि तामझामका साथ गुरही मनाउने तयारी रहेको थारु अगुवा बुद्धिजीवीहरुले बताएका छन् । गुरही पर्वमा सांस्कृतिक झाँकी सहितको कार्यक्रम नेपालगन्जको स्वस्तिक कटेजदेखि सुरु भई धम्बोझी चोकमा पुगी गुरही कार्यक्रम गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले जानकारी दिनुभयो ।
यस पर्वलाई भव्य र सभ्य बनाउन विभिन्न जिल्लाबाट नेपालगन्जलाई कर्मथलो बनाएका थारु समुदायका युवायुवती, अगुवा, बुद्धिजिवी, कर्मचारी, नेताहरुलाई समेत उपस्थिति गराएर गुरही पर्व भव्य रुपले मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो । थारु जातिहरुका वर्षभरि मनाइने पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने योजना रहेको अध्यक्ष चौधरीले भन्नुभयो । थारु समुदायमा गुरही मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहिआएको थारु अगुवाहरुको भनाइ छ ।
मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने चौधरीले भन्नुभयो । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उहाँको भनाई छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाउने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारुले भन्नुभयो।
गुरही पर्वदेखि नै चाडपर्व सुरु हुने भएको हुनाले यसलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्ने धारणा अध्यक्ष थारुले राख्नुभयो। गुरही पर्वलाई उद्घाटन गर्न राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी थारु, थारु कलाकार, थारु अगुवा, कार्यकर्ता नेता, विद्यार्थी सवैको सहभागिता रहने अध्यक्ष थारुले जानकारी दिनुभयो ।