जम्मु कस्मिरलाई दिइएको विशेष अधिकार खोसिदै
प्रकाशित मिति : २०७६, २० श्रावण सोमबार १३:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नयाँ दिल्ली । भारतीय राज्य जम्मु कस्मिरलाई दिइएको विशेष अधिकारको अन्त्य गर्ने प्रस्ताव भारतीय सरकारले गरेेेको छ।नरेन्द्र मोदी सरकारले भारतीय राज्य जम्मु कस्मिरलाई दिइएको विशेष अधिकारको अन्त्य गर्ने प्रस्ताव संसदमा पेस गरेको छ।
Advertisement
केन्द्रीय गृहमन्त्री अमित शाहले सोमबार भारतको माथिल्लो सदन राज्य सभामा संविधानको धारा ३७० अन्त्य भएको घोषणा गरेका छन् साथै उनले जम्मु कस्मिरको पुनर्गठनको प्रस्ताव पनि संसदमा पेस गरेका छन्।
पुनर्गठन प्रस्तावअनुसार लद्दाकलाई केन्द्रशासित बनाएको छ। त्यहाँ विधान सभा हुने छैन। त्यस्तै जम्मु कस्मिरमा पनि केन्द्र शासन लागू हुनेछ तर त्यहाँ विधान सभा रहिरहनेछ।
गृहमन्त्री शाहले यो प्रस्ताव ऐतिहासिक भएको बताएका छन्। अन्य थुप्रै भाजपा नेताले पनि प्रस्तावलाई मोदी सरकारको साहसिक कदम भन्दै तारिफ गरेका छन्।
प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले भने उक्त प्रस्ताव ल्याएर भाजपाले संविधानको हत्या गरेको बताएको छ। राज्यसभामा कंग्रेस नेता गुलाम नबी आजादले धारा ३७०को अन्त्य गरेर सत्तारूढ भारतीय जनता पार्टीले संविधानको हत्या गरेको बताए।
आइतबार रातिदेखि घरमै नजरबन्दमा रहेकी जम्मु कस्मिरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले मोदी सरकारको आजको घोषणा भारतीय लोकतन्त्रको इतिहासमै सबैभन्दा कालो दिन भएको बताएकी छन्।