बाँकेका नयाँ ट्राफिक प्रमुखका योजना:सडकमै घुम्ती प्रशिक्षणदेखि जनचेतनाका कार्यक्रम
प्रकाशित मिति : २०७६, २० श्रावण सोमबार १७:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लाको ट्राफिक ब्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमदेखि सडकमै घुम्ती प्रशिक्षण गरिने बताउनुभएको छ । नेपालगन्जमा आज पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख बमले पार्किङ समस्या समाधानका लागि नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरेर सडकको एक साइडमा वन वे पार्किङको ब्यबस्था मिलाउने बताउनुभयो । छाडा पशु चौपाया पनि नेपालगन्जको मुख्य चुनौति भएको भन्दै उहाँले उपमहानगरसंग सहकार्य गरेर कान्जीहाउसमा छाड्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । छाडा पशु चौपायाका कारण दुर्घटना बढेको बमले बताउनुभयो । उहाँले ट्राफिक ब्यबस्थापन चुस्त बनाउन लागि पर्ने समेत बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरिने बताउँदै ट्राफिक प्रमुख बमले गाडीहरुमा यात्रु तानातान गर्ने प्रवृत्तिलाई अन्त्य गर्न जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरिने समेत उल्लेख गर्नुभयो । नो हर्नलाई पनि प्रभावकारी बनाइने उहाँले बताउनुभयो । २४ जना दरबन्दी रहेको बाँकेमा हाल काज गरेर ६८ जना ट्राफिक प्रहरी रहेपनि अझैं अभाव भएको बमले बताउनुभयो ।
Advertisement