क्रीते अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुखसहित ६ जना पक्राउ
प्रकाशित मिति : २०७६, २० श्रावण सोमबार २०:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख (उपसचिव) दीर्घ पोखरेलसहित ६ जना पक्राउ परेका छन् ।सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने ६ जना मालपोतका कर्मचारीलाई नेपाल प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
Advertisement
प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरेलसहित शाखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नायब सुब्बा रविन्द्रबहादुर थापा, मालपोत अधिकृत हेमराज शर्मा र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय रहेका छन् । एक जनाको कार्यालय सहयोगीको पहिचान भएको छैन ।