बिकास नै मेरो पहिलो प्राथमिकता हो: वडा अध्यक्ष बर्मा
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार ११:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।विद्या राम बर्मा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हुनुहुन्छ । पुरैनी निवासी बर्मा नेपाली काँग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसका वडा सभापति पनि हुनुहुन्छ । २०४७ सालमा राजनैतिक यात्रा शुरुवात गर्नुभएका बर्माले २०५३ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २ पटक इकाई सचिव हुँदै १२ औं महाधिबेशनबाट इकाई सभापति हुनुभएको थियो । पार्टीका विभिन्न पद र सामाजिक क्षेत्रमा रही काम गरेको अनुभव उहाँसंग छ । २०६२÷६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका उहाँ पार्टीले सञ्चालन गरेको प्रतिगमन बिरुद्ध रिले अनसनमा पनि सहभागी हुनुभएको थियो ।
राजनीति नै सेवा हो भन्ने उहाँको विश्वास छ । जनताको सेवा गर्नु र बिकास निर्माण नै पहिलो प्राथमिकतालाई आफ्नो पहिलो जिम्मेवारी भएको उहाँ ठान्नुहुन्छ । बर्मा दिनहुँ जसो जनताको घरदैलोमा गएर भेटघाट गर्ने तथा समस्या बुझ्ने गर्नुहुन्छ । कुनै पनि समयमा फोन उठाउने आफ्नो बानी रहेको बताउने बर्माले जनताको कामलाई नै पहिलो प्रथामिकता दिने गर्नुभएको छ । लामो समयदेखि राजनीति गर्नुभएका उहाँ पद भन्दा जिम्मेवारीलाई प्रमुख मान्नुहुन्छ । कार्यालयको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने कुरामा उहाँ स्पष्ट हुनुहुन्छ । भ्रष्टाचार तथा ढिलासुस्ती अन्त्य उहाँको मुख्य एजेण्डा हो । वडामा सम्पादन हुने कुनै पनि काममा नियम भन्दा बाहिर कुनै आर्थिक कारोबार हुन नदिनु उहाँ आफ्नो प्रमुख कर्तब्य मान्नुहुन्छ । भद्र स्वभाव भएका कारण उहाँसँग सानो उमेरका बालबालिका, युवा, महिला र बृद्ध उमेर समूहका सबैले सहजरुपमा छलफल गर्न सक्छन् । उहाँ पत्रकार, विभिन्न संघसंस्था, प्रहरी लगायत अन्य सबैसंग राम्रो सहकार्य गरेर वडाका काम अगाडि बढाउन चाहनुहुन्छ ।
वडा भित्रका बस्तीहरुमा सडक निर्माण, शिक्षा र स्वास्थ्य उहाँका प्रमुख प्राथमिकताको एजेण्डा हुन् । हालै उहाँले नेपाल रेडक्रस सोसाइटी बाँके शाखासँग सम्झौता गरी वडा भित्रका गरिब, दलित, विपिन्न परिवारका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने र सो वापत् रक्तसञ्चार केन्द्रमा लाग्ने रकम वडाबाट भुक्तानी गर्ने योजनालाई कार्यान्वयन गर्नुभएको छ । आफ्नो कार्यकालमा उहाँले वडा भित्रका सबै बस्तीहरुमा बाटो निर्माण, धार्मिक सम्पदा निर्माण तथा संरक्षण र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने अठोट लिनुभएको छ ।
वडा अध्यक्षमा निर्वाचित भएपछि उहाँले सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई वडा मार्फत् सञ्चालन गरी वितरण कार्यलाई सहज बनाउनुभएको छ । वडालाई खुल्ला दिसामुक्त तथा पूर्ण खोपयुक्त वडाको रुपमा घोषणा गरिएको छ । शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा बिशेष ध्यान दिइएको छ । जसमा वडा भित्र रहेका सामुदायिक विद्यालयहरुमा निरन्तर सहयोग, विद्यार्थी तथा शिक्षक प्रोत्साहन कार्यक्रम, उत्कृष्ट बालबालिकाहरुलाई छात्रबृत्ति मार्फत् शिक्षको क्षेत्रमा सहयोग गरिएको छ । स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउन तथा प्रसुति सेवालाई सुचारु गराउनका लागि उपस्वास्थ्य चौकीमा मर्मत सम्भार, प्रसुति सेवालाई नियमित गराउने तथा आवश्यक भौतिक संरचनाको निर्माण गरी सहयोग गर्ने काम उहाँको नेतृत्वमा भएको छ । स्थानीय स्तरका युवाहरुलाई खेलकुदमा सहयोग पु¥याउने उद्देश्यले नियमित खेलकुद सामग्री तथा ड्रेस सहयोग उपलब्ध गराइएको छ ।
त्यस्तै महिलाहरुलाई सीपमूलक कार्यक्रम तथा बालबालिकाहरुको क्षमता अभिबृद्धिको काम गरिएको छ । बर्मा निर्वाचित भएर आएपछि वडा नम्बर २२ भित्रको विभिन्न बस्तीलाई मूल बाटोमा जोड्नको लागि ५ वटा बस्तीहरुमा पिपिसी बाटो निर्माण गर्नुभएको छ । वडा भित्रका सबै बस्तीहरुमा सडक बत्ती तथा विभिन्न सार्वजनिक स्थलहरुमा सोलार बत्ती जडानको काम गरिएको छ । वडा भित्रको सबै धार्मिक सम्पदाहरुको निर्माण तथा पुनःनिर्माणको काम गरिएको छ । पिछडिएको तथा अति विपिन्न बस्तीको रुपमा रहेको किंगरियनपुर्वामा बाटो निर्माण, इदगाहाको मर्मत, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विशेष जोड दिइएको छ ।
Advertisement