नेपालगञ्जको वडा नम्बर २२ बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार १३:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीले मंगलबारदेखि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा अध्यक्ष विद्याराम वर्माले प्रभु बैंकसँग सहकार्य गरि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी दिनुभयो । वडा कार्यालयमै भत्ता पाउने भएपछि जेष्ठ नागरिक लगायत वडा कार्यालयमा पुगेका छन् । भत्ता वितरण कार्य बुधबारसम्म चल्नेछ । बुधबारसम्म पनि भत्ता लिन नपाएकाहरुका लागि पछि छुट्टै ब्यवस्था गरिने भएको छ । पुरैनीमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४०३ जना रहेका छन् ।
Advertisement