नेपालगञ्जको वडा नं ४ मा छात्रा विद्यालयमा प्रोत्साहन कार्यक्रम
प्रकाशित मिति : २०७६, २१ श्रावण मंगलवार १७:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्जको सल्यानीबागमा संचालनमा आएको नमूना छात्रा विद्यालयमा विद्यार्थीलाई नियमित टिकाई राख्नका लागि अभिभावकलाई खाने तेल वितरण गर्ने कार्यक्रम सुरु गरिएको छ । मासिक ८५ प्रतिशत भन्दा बढि नियमित उपस्थित हुने विद्यार्थीलाई हाजिरीको आधारमा मासिक २÷२ लिटर खाने तेल उपलब्ध गराउन थालिएको हो ।
Advertisement
मङ्गलबार पहिलो पटक ८५ जना विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गरिएको हो। यसै शैक्षिक सत्रदेखि संचालनमा आएको विद्यालयमा २३५ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका मध्ये अधिकाँश मुस्लिम र मधेसी समुदायका बालिकाहरु रहेको नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, वडा अध्यक्ष सफिक वेहना लगायतले मंगलबार खाने तेल वितरण गर्नुभयो । उप–महानगरपालिकाले संचालन गरेको विद्यालय बाल विकास केन्द्रदेखि कक्षा ८ सम्मको पढाई हुन्छ । उप–महानगरपालिकाका प्रमुख डा. राणाले छात्रा कलेज छिट्टै संचालन हुने जानकारी दिनुभयो । यस्तै वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले अब यस बिद्यालयलाई नेपालगन्जकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। आफ्नो कार्यकाल सम्म एक हजार बढी बिद्यार्थीहरुलाई भर्ना गराउने समेत अध्यक्ष बेहनाले बताउनु भयो। कार्यक्रममा मेयरले बिद्यालय निर्माण उपभोक्ता समितीका अध्यक्ष मो. सलिम मुसलमान र वडा अध्यक्ष बेहनालाई स्तरिय बिद्यालय बनाउन सफल भएकोमा प्रसम्शा गर्दै सलिम एक एक बिशेष ब्यक्ति समेत रहेको बताउनु भएको थियो।