भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन
प्रकाशित मिति : २०७६, २२ श्रावण बुधबार ००:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भारत।भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।हृदयाघातका कारण अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेसु, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार राती निधन भएको छ।६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्।
Advertisement
स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्।
अम्बाला छावनीमा जन्मेकी स्वराजले एसडी कलेजबाट स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट कानूनको डिग्री लिएकी थिइन्।
पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्। त्यो बेला उनी २५ वर्षकी थिइन्। स्वराजले लालकृष्ण आडवाणीलाई आफ्नो राजनीतिक गुरु मानेकी थिइन्।स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन्। चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन्। उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सांसद भइसकेकी छन्।
उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन्।मोदीले दुःख व्यक्त गर्दै स्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन् भन्दै ट्विट गरेका छन्।