माइती नेपालले गर्यो नेपालगन्ज सिमा नाकाबाट दुई सय बढीको उद्दार
प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार १५:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले बिगत एक बर्षको अवधीमा २०९ महिला तथा बालबालिकालाई उद्दार गरेेेको छ। नेपालगन्जको सीमा नाका जमुनहा हुँदै अवैध रुपमा भारत तथा खाडी मुलुक लैजादै गरिएका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको हो ।
Advertisement
त्यस अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५०० भन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि निवदेन दिएका थिए । तीमध्ये १३६ जनाको सकुशल उद्दार गरिएको छ भने यौनशोषणमा परेका ५७ जनाको उद्दार गरिएको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशब कोइरालाले बताए।
कोइरालाका अनुसार दिल्ली लगेर बन्धक बनाइएका १६ महिलाको भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा उद्दार गरि नेपाल ल्याइएको हो । त्यसअघि पनि तीन जना महिलाको उद्दार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।
भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको कोइरालाले बताए ।कोइरालाले भने “बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैध रुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो ”।
कोइरालाका अनुसार कामको प्रलोभनमा अवैध रुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिलाहरु सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ ।
माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ । मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।
साथै जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्दार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनस्र्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्दार, पुनस्र्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए । कोइराला भन्छन् सबैभन्दा ठुलो कुरा महिलामा चेतना हुनु जरुरी छ।