नक्कली नोट बनाउने मेशिनसहित ४ जना पक्राउ
प्रकाशित मिति : २०७६, २४ श्रावण शुक्रबार १९:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कैलाली ।कैलाली प्रहरीले नक्कली नोट बनाउने मेशिनसहित ४ जनालाई पक्राउ गरेको छ। उनीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ परेका हुन् । पक्राउ परेेकाहरुमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।
तीन जनालाई धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीले काठमाण्डौबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले जानकारी दिए । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ ।
Advertisement
उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ थान नोट, पाँच सयकै भारतीय ८६ थान नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ । यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोटसहित स्टीलको दराजमा राखिएको एक हजार दरका ६८ नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।