नेपालगन्जलाई “हर्न मुक्त” बनाउन बाँके ट्राफिकले थाल्यो अभियान
प्रकाशित मिति : २०७६, २४ श्रावण शुक्रबार १९:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी बाँकेले नेपालगन्ज उपमहानगरलाई ‘नो हर्न’ बनाउन पुनः अभियान थालेको छ। भर्खरै मात्र बाँके ट्राफिक प्रमुख भएर आएका प्रहरी निरीक्षक पबिन्द्र बमले नेपालगन्ज उपमहानगर लाई हर्न मुक्त बनाउन सडक अभियान थालेका छन् । निरीक्षक बम आफै सडकमा गएर सवारी चालकहरुलाई हर्न नबजाउन सम्झाइ बुझाइ गर्न थालेका हुन् । सोही अभियान अन्तर्गत ट्राफिक प्रहरीले पर्चा पम्पलेट बितरण र सवारी साधनमा स्टिकर टास्न सुुुरु गरेको छ।प्रहरी निरीक्षक बमले आपतकालीन अवस्थामा हर्न बजाउन मिल्ने तर ध्वनी प्रदुषण हुने गरि लामो समय सम्म हर्न नबजाउन सवारी चालकहरुलाई अनुरोध गरेका छन् । यो अभियानमा हर्न बजाएमा कुनै कारबाही नगरी सचेतना दिने तरिकाले यो अभियान थालेको निरीक्षक बमले बताएका छन् । ‘नो हर्न’ को अबधारणा यस अघिका बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले ल्याएका थिए।
Advertisement